छठ पर्वको रौनक

श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेको छ ।
कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेको हो । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि विधिवत् रुपमा शुरु भएको थियो ।
मुख्य विधिअन्तर्गत पहिलो दिन ९चतुर्थी० को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्वको खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ९ खीर ० अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । यसअघि आइतबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ ९पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने० विधि सम्पन्न गरिसकेका छन् ।
तेस्रो दिन ९षष्ठी० अर्थात् मंगलबार गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन ।
परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।
पर्वको चौथो ९अन्तिम० दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परो छ ।
यसैगरी छठ पर्वका लागि चाहिने आवश्यक सामग्रीको पनि बजारमा किनमेल सुरु भएको छ । यति वेला रौतहट सदरमुकाम गौर सहित सिमावर्ती भारतको वैरगनिया बजारमा छठ पूजाका लागि कपडा किन्नेहरुको भीड लाग्न थालेको स्थानीवासी सतेन्द्र प्रताप सिंहले बताउनुभयो । बिहान ६ बजेदेखि राति १० बजेसम्म पसलहरुमा सामानहरु खरिद गर्नेहरुको भीड लाग्ने गरेको छ ।
फलफूल, मूला, गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती लगायतका सामानहरु व्रतालुले बजारबाट खरिद गरेर घरमा ल्याउने क्रम जारी राखेको छ । छठ पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउदा सूर्यदेउता प्रसन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वअध्यक्ष शैलेन्द्र कुमार गुप्ताले बताउनुभयो ।
छठ पर्वका लागि यहाँका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा रहेका घाटलाई बेहुलीझैँ सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । रौतहट सदरमुकाम गौर, गरुडा, मौलापुर, बौधीमाई शिवनगर तथा चन्द्रपुरका बजारमा रहेका नदी, तालतलैया अहिले बेहुलीजस्तै सिङ्गारिएको छ । भक्तजनलाई बस्न कठिनाइ नहोस् भन्दै चादी नदीमा पूजाअर्चना गर्नका लागि घाटलाई व्यवस्थित बनाएको छठ पूजा समिति चन्द्रपुरका अध्यक्ष सुरेन्द्र साहले बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #छठ पर्व
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्