सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई आज पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा४४प २७७१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताउनुभयो ।
पासवानको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसले पार्टीका क्रियाशील सदस्य एवं स्वतन्त्रता सेनानी सोनेलाल पासवानको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी धनुषा काङ्ग्रेसका क्रियाशील सदस्य १०६ वर्षीय पासवानको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘पासवान नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापनाको सङ्घर्षमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो’, विज्ञप्तिमा भनिएको छ ।
पासवानको निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले पासवानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । पासवानको पार्थिव शरीरमा आज काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायत नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सांसदको गाडीमा ढुङ्गा प्रहार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्