नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको दुई जनालाई नियन्त्रणमा

नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ ।
बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पु¥याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो । विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।
घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ । कात्तिक २१ गते लक्ष्मीपूजाका दिन देउसी खेल्न भनी घरबाट हिँडेका ती किशोरीलार्ई भारतमा राम्रो काम मिलाइदिने भनी फकाएर नुवाकोटबाट सुर्खेत पु¥याएपछि प्रहरीले गत शुक्रबार उद्धार गरी आइतबार नुवाकोट ल्याएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #किशोरीलाई बेचबिखन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्