प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्रीको चर्चामा फूयाँल, पाण्डे र शाक्य

प्रदेश नम्बर ३ काे भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापित बर्खास्त भएपछि नयाँमन्त्रीको चर्चा पनि सँगै चलेको छ । काम गर्न नसकेकोदेखि याैन दूर्व्यवहारसम्मको अारोप लागेका स्थापित मन्त्रीबाट बर्खास्त भएपछि त्यसका लागि केही सांसदले लबिङ तीब्र पारेका छन ।
मन्त्रीको चर्चा र सम्भावनामा मुख्यतया तीन जना सांसद देखिएका छन । काठमाडाैँका प्रदेश सांसदद्धय रामेश्वर फूयाँल र डा अजयक्रान्ति शाक्य तथा नुवाकोटका प्रदेश सांसद केशव पाण्डे रहेका छन । काठमाडाैँ उपत्यकामा धेरै प्रदेश निर्वाचन क्षेत्र रहेको काठमाडाैँको बदालामा काठमाडाैँलार्इ मन्त्री दिनुपर्छ भन्ने राय पनि देखिएको छ । यद्यपी नुवाकोट र रसुवाको प्रतिनिधित्व गर्ने गरी एक जना पनि मन्त्री नभएकाले एउटा मन्त्री त्यता दिनुपर्ने अावाज पनि उत्तिकै उठेको देखिन्छ ।
प्रदेश सांसद रामेश्वर फूयाँल मन्त्रीका लागि योग्य व्यक्ति हुन । लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा अोली निकटको समूहमा देखिएका फूयाँल पनि मन्त्रीको लबिङमा देखिएका छन । दैनिकीले फूयाँललार्इ सम्पर्क गर्दा पार्टीको निर्णय नै सर्वोपरी हुने भएकाले अाफूले उक्त निर्णयपछिमात्र बोल्ने बताए । यद्यपी उनले अान्तरिक रूपमा अाफ्नो अभियानलार्इ भने तीव्र पारेका छन ।
लामोसमयदेखि प्रधानमन्त्री अोली निकट समूहमै रहेर काम गरेका उनी पार्टीको विदेश विभागका पूर्व सचिव समेत हुन । प्रधानमन्त्री अोली तत्कालीन एमालेको विदेश विभागको प्रमुख रहँदा पाण्डे नै उक्त विभागको सचिवको जिम्मेवारीमा रहेका थिए । पाण्डेले पनि मन्त्रीका लागि अाफ्नो दाैड सुरू गरेका छन । उनलार्इ राष्ट्रपति कार्यालयको समेत सकारात्मक सद्भाव रहेको नेकपाकै नेताहरू बताउँछन ।
अर्का प्रदेश सांसद डा अजयक्रान्ति शाक्य पनि मन्त्रीका लागि योग्य व्यक्ति हुन । उनी अोली पहिलोपटक प्रधानमन्त्री हुँदा उनको सल्लाहकार भएर काम गरेका थिए । अोलीसँग पारिवारिक नातामा समेत निकट रहेका शाक्य अोलीको विश्वासपात्र पनि भएकाले मन्त्रीको सम्भावनामा अग्रपंक्तिमा छन । उनले पनि मन्त्रीका लागि अान्तरिक तयारी सुरू गरेका छन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्री
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्