प्रधानमन्त्री ओली पूर्ण स्वस्थ, आजै डिस्चार्ज

राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्णरूपमा सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सम्भवतः शुक्रबार बेलुकीसम्म ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको छ ।
उपचारमा संलग्न डा अरुण सायमिका अनुसार शुक्रबार बेलुकी वा शनिबार बिहानसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज सक्नेछन् । प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान भर्ना भइ उपचाररत छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान उपचारमा संलग्न चिकित्सकसँग बैठक बसेर डिस्चार्जबारे निर्णयमा पुग्ने जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओली पूर्ण स्वस्थ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्