प्रधानमन्त्रीद्वारा अस्पतालमै `मिनि क्याबिनेट बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै मिनी मन्त्रीपरिषद बैठक बसेर अनौपचारिक रुपमा काम सुरु गर्नुभएको छ ।
शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताउनुभएको हो ।
डाक्टर सायमीका अनुसार प्रधानमन्त्री ओली राम्ररी सुत्नुभएको छ। राम्ररी खानुभएको छ। आरामका लागि मात्र केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिइएको डाक्टर सायमीले बताउनुभएको छ ।
अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको बताउनुभएको छ। एन्टिवायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको श्रेष्ठले जानकारी दिनुभयो।
प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अस्पतालमै `मिनि क्याबिनेट बैठक
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्