निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनद्धारा अभिभाकत्व ग्रहण

राधेश्याम तिमलसिना ( पुकार )
काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन केन्द्रिय कार्य समितिले विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण गरेको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा अवस्थित राधाकृष्ण माध्यामिक विद्यालयमा अध्यनरत २३ जना विद्यार्थी र आधारभूत विद्यालयमा अध्यनरत २१ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रतिनिधि सभा सदस्य रेखाकुमारी झा , माधवनारायण नगरपालिकाका प्रमुख विरेन्द्र प्रसाद पोखरेल, विद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थितीमा छात्रा–छात्रहरुलाई कपडा , झोला, किताब, कापी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको महासचिव सुबोधकुमार देवकोटाले बताए ।
आधिकारीक ट्रेड युनियनका अध्यक्ष पूण्य प्रसाद ढकालका अनुसार करिब १ जना बिध्यार्थी बरावर ६००० रुपैया बराबरको शैक्षिक सामाग्री हस्ताणतरण गरिएको र सो अभियानलाई देशका अन्य स्थानहरुमा समेत निरन्तरता दिइने छ ।
नेपाल सरकारका मुख्य सचिवदेखी कार्यालय सहयोगीबाट संकलित रकमबाट उक्त शैक्षिक सामाग्री वितरण गरिएको ट्रेड युनियनका बरिष्ठ सदस्य कुमारप्रसाद तिमिल्सिनाले बताए ।
नेपाल सरकारको शैक्षिक अभियान सत्र ०७५/७६ अन्तर्गत दोस्रो चरणको शुभारम्म गर्दै मन्त्रिलाल बाबु पण्डितले सो अभियानबाट आर्थिक रुपमा बिपन्नवर्गका छोराछोरीहरु, गरिब एवं असायहरुलाई पठन–पाठनका निमिक्त ठूलो राहत हुने बताए ।
निजामति ट्रेड युनियनहरुले कर्मचारी सरुवा–बढुवा, वृद्धि विकाश, तलव बृद्धिका माग एवं सांगठनिक मुद्धामात्र नउठाइ समाजका बिपन्न समुदायप्रति पनि सर्मपित छ भन्ने यो पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अभिभाकत्व, #आधिकारीक ट्रेड युनियन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्