नेकपा सचिवालय बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए। उनका अनुसार बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको छ। बैठक बुधबार ८ बजे बस्ने गरी स्थगित भएको छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्ना पछिल्ला विदेश भ्रमणबारे जानकारी गराएका थिए। बैठकमा प्रदेश नेतृत्व चयनबारे अध्यक्ष द्वयले ब्रिफिङ गरेका थिए।
नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आजको लागि सारिएको थियो।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्