Techie IT
शुक्रबार, फागुन २१,२०७७

ककनीदेखि सूर्यचाैरसम्म पर्यटनमन्त्री अधिकारीको चार घण्टा हाइकिङ (फोटोफिचर)


राधेश्याम तिमलसिना (पुकार) 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा मंगलबार ककनी हुँदै सूर्यचौर सम्मको हाईकिङ गरेको छ । टानले  ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस मनाउने गरी हाइकिङ गरेको हो ।

हाइकिङमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, राज्यमन्त्री धनबहादुर बुढा,  प्रदेश नम्बर तीनकी उपसभामुख राधिका तामाङ लगायत झण्डै तीन सय जनाको सहभागिता रहेको थियो । ककनी मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर सम्मको हाईकिङमा सहभागीले झण्डै चार घण्टा पदयात्रा गरेका थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सूर्यचाैरहाइकिङ


तपाईको कमेन्ट लेख्नुहोस्