Techie IT
शनिबार, मंसीर १३,२०७७

राजतन्त्र ल्याऔं , देश बचाऔं भन्दै शाहि युवा शक्तिको राजधानिमा प्रर्दशन


काठमाडौँ । शाही युवा शक्तिले मुल्य बृद्धि , जनतामारा कर , बलात्कार ,भ्रष्टाचारको बिरोधमा बिरोध सभा गरेको छ । पछिल्लो समय नेपालमा बलातकार , भ्रष्टाचार बठुदै गइरहेको बेला राज्य स्तरबाट कुनै प्रभाबकारी भुमीका नरहेको भन्दै बुधबार राजधानिको गांगबु चोकमा बृहत बिरोध प्रर्दशन गरिएको शाहि युवा शक्तिको भनाइ छ । ।

जनता जागौ , राजतन्त्र ल्याऔं , देश बचाऔं भन्ने मूल नाराका साथ बिरोधमा आउन बाध्य भएको अध्यक्ष पशुपति खड्काले बताए । शाहि युवा शक्तिले देश टुक्रा पार्ने , राजसंस्था र बिश्वको एक मात्र हिन्दु राष्ट्र बिनाको संबिधान बहिस्कार गर्दे आएको छ ।

गणतन्त्र , धर्म निर्पेक्षयता र संघियताले राष्ट्रको हित नहुने बताउदै यसको बिरोधमा बिभिन्न संघर्षको कार्यक्रम समेत अगाडी बढाउदै लैजाने खड्काले बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शाहि युवा शक्ति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545