बालाजु तरकारी वजारका केही सटरको सक्झौता खारेज

पुकार तिमलसिना
काठमाडौं – कृषि तथा पशुपक्षी मन्त्रालयले बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको छ।
सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
खारेजीमा पर्नेमा थोक, खुद्रा, माछा बजार, केज भण्डार, फलफूल पसल छन् । फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन नियमविपरीत सञ्चालन गरेकालाई कारबाही गरेको मन्त्रालयले जनाएको छ ।
बजारमा भएको कालोबजारी नियन्त्रण गर्न कानुनत अख्तियारी पाएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीमाथि आक्रमण गरेपछि सरकार आक्रामक रुपमा प्रस्तुत भएको हो । बिचौलियाले सटर महंगोमा बिक्री गर्दा त्यसको असर उपभोक्तालाई परेको सरकारी अधिकारी बताउँछन् । न्यून मूल्यमा भाडामा रहेका सटर वास्तविक पसल गर्नेले महंगोमा बिक्री गर्दा त्यसको मूल्य तरकारी तथा फलफूलमा जोड्ने गरेका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु तरकारी वजार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्