ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड

चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै प्रधानमन्त्रीत्वकालमा भएका चीन भ्रमण र ती भ्रमणका क्रममा भएका छलफल र समझदारीको स्मरण गर्दै ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिनुभएको थियो ।
उक्त अवसरमा उहाँहरूबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र अध्यक्ष दाहाल आफैँले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताउनुभएको थियो ।
भेटमा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रान्सपोर्ट एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्व राख्दछ । चार वटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।”
उहाँले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता, समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो । भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो ।
समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उहाँको भनाइ थियो । विदेश विभाग प्रमुख ताओले भन्नुभयो, “तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।” चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै नान्जिङ पुग्नुभएका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गर्नुभएको थियो । अध्यक्ष दाहाल चार दिने चीन भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #काठमाडौँ–लुम्बिनी रेलमार्ग
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्