पेट्रोलियम पदार्थको मूल्य पुन बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । गएराती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो ।
स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यससँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४ तथा डिजेल र मट्टितेलको १ सय १ कायम भएको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । केही साता यता अन्तर्रा्िष्ट्रय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धि भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।
मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा, डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९ रुपैयाँ ७९ पैसा घाटा नै रहेको निगमले जनाएको छ । समग्रमा पाक्षिक घाटा करीब ३१ करोड ६७ लाख रुपैयाँ पुगेको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।
पछिल्लो १५÷२० दिनमा अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको, डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #पेट्रोलियम पदार्थ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्