निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा-केसी

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताउनुभएको छ ।
अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।”
अध्यक्ष केसीले अनुसन्धान लम्ब््याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै “अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका÷मा¥यै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन्”, भन्नुभयो ।
फरक प्रसङ्गमा उहाँले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको धारणा व्यक्त गर्नुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #निर्मला हत्या
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्