नेकपाको सांगठानिक एकीकरणबारे विचार विमर्श

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।
सो बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गर्नुभएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ ।
बैठकमा उठेका विषयमाथि थप परामर्श गरी गर्न पार्टीले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको सांगठानिक एकीकरण
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्