अब स्थानीय तहदेखि सङ्घसम्म युवा संसद्

राष्ट्रिय युवा परिषद्ले युवाको क्षमता विकास गर्नका लागि ‘युवा संसद्’ स्थापना गर्ने भएको छ ।
युवाको नेतृत्व विकास गर्न र युवालाई देशप्रति उत्तरदायी बनाउन १५ देखि २४ वर्षसम्मका युवालाई समेटेर ‘युवा संसद्’ स्थापना गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
परिषद्ले युवा संसद् स्थापनाका लागि ‘युवा संसद् सञ्चालन कार्यविधि–२०७५’ समेत ल्याएको छ । परिषद्ले स्थानीय तह सङ्घसम्म नै युवा संसद् स्थापना गर्न थालेको हो ।
चालु आर्थिक वर्षमा ७७ वटा स्थानीय तह, ७ प्रदेश र एक सङ्घीय तहमा नमूना युवा संसद् स्थापना गर्ने उहाँले बताउनुभयो । स्थानीय तहमा नगर÷गाउँ युवा संसद्, प्रदेश तहमा प्रदेश युवा संसद् र सङ्घीय युवा संसद् बनाउन लागिएको हो ।
वडास्तरका युवा क्लबबाट छनौट गरी स्थानीय तहका नगर÷गाउँपालिकास्तरीय संसद्मा जाने र त्यहाँबाट छनौट भई प्रदेश हुँदै सङ्घीय युवा संसद्मा जाने छन् ।
कार्यविधिमा युवाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने, युवाको सीप विकास तथा व्यक्तित्व विकासमा सहयोग पु¥याउने, नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाका वारेमा युवालाई सुसूचीत गराउने र युवामैत्री राष्ट्रिय नीति योजना तथा कार्यक्रम निर्माणमा राज्यलाई सुझाव दिई सकारात्मक वातावरण निर्माण गर्ने उल्लेख गरिएको छ ।
युवालाई विषयगत दक्षता हासिल गरी सो क्षेत्रको नेतृत्व एवं पैरवी गर्न सक्षम बनाउन र प्राथमिकता प्राप्त युवालाई राज्यको मूल प्रवाहमा ल्याउनसमेत नमूना युवा संसद् बनाउन थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो ।
यस्तै गरी ७७ स्थानीय तहका एक हजार १०५ वडामा युवा क्लब स्थापना गरिने भएको छ । युवा क्लबमा सामाजिक अभियन्ता, पत्रकार, राजनीतिक, खेलाडी, विभिन्न सङ्घसंस्थाबाट गरी १५ जनाको गठन गरिने उल्लेख गरिएको छ ।
युवा क्लबले वडास्तरमा देखिएका युवाका समस्या, नेतत्व विकास, सामाजिक विकृति, विसङ्गतीजस्ता कार्यक्रम सञ्चालन गर्ने छन् । आगामी मंसिरदेखि असारसम्म ती तीनै तहमा युवा संसद् बनाइसक्ने परिषद्का उपसचिब धु्रवराज पौडेलले जानकारी दिनुभयो ।
युवाको मुलुकप्रतिको भूमिका, संविधान नियम कानून र संसदीय अभ्यास, युवाको मुद्दाजस्ता विषयमा संसद्मा युवाले जानकारी पाउने छन् । उहाँका अनुसार वडास्तरमा गठन भएका युवा संसद्ले वडामा देखिएका युवाका समस्या, सामाजिक विकृति र विसङ्गतिसमेत सञ्चालन गर्ने छन् ।
युवा संसद्मा संसदीय सञ्चालन प्रणालीको अभ्याससमेत गराइनेछ । व्यवस्थापिका संसदीय प्रणाली जस्तै युवा संसद्मा प्रधानमन्त्री, मन्त्री, सभामुख, प्रमुख प्रतिपक्ष दलको नेता, सांसद जस्ता पदको चयन हुने छन् ।
उनीहरुले स्थानीय, प्रदेश र सङ्घीय युवा संसद्मा संसदीय अभ्यास जस्तै युवाको नेतृत्व विकास गर्नका लागि अभ्याससमेत गर्ने छन् । सङ्घीय संसद्मा जस्तै युवा संसद्मा युवाहरुले पनि नमूना युवा संसदीय अभ्यासका क्रममा सदनमा बोलिने भाषा, लगाउने पोशाक, प्रस्तुतीकरण शैली, समय, स्थान, सञ्चारका साधनहरु, सम्बोधनका प्रकृति, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा सिक्ने छन् ।
संसदमा जस्तै युवा सांसदहरुबाट छलफलको क्रममा उठेका प्रश्नका जवाफ दिन सभामुखले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीलाई बोलाउने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यक्रमको संयोजन तथा व्यवस्थापन राष्ट्रिय युवा परिषद्ले गर्नेछ । नमूना युवा संसद्को अभ्यास गर्नुपूर्व संसद्का सदस्यलाई संसदीय मामिलाका विज्ञबाट आवश्यक अभिमुखीकरण तथा प्रशिक्षण सञ्चालन गरिने परिषद्का उपसचिव पौडेलले बताउनुभयो ।
गतवर्ष परिषद्ले १५ वटा स्थानीय तह स्थानीय युवा संसद् र ११८ वटा वडास्तरमा युवा संसद् स्थापना गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #युवा संसद्
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्