कुहिएको मासु बिक्री गरेको नयाँ बजार मल्टि भेन्यूमा सिलबन्दी

नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’को भान्छा कोठामा सिल गरिएको छ । यो पार्टी प्यालेलसको तयार भएका खानेकुरा बासी, सडेगलेकोर गुणस्तरहीन रहेको पाइएको छ ।
खाना बनाउन प्रयोग हुने मरमसला, पिठो लगायतका खाद्य पदार्थ पनि गुणस्तरहीन पाइएको छ । खानेकुरामा कैफियत रहेको आशंका लागेपछि पाहुनाहरुले उपभोक्ताकर्मीले अनुगमन टोलीलाई बोेलाएका थिए ।
स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उक्त सहकारीले ५ सय जनाका लागि अर्डर गरेको खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो।
सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारेका छन् ।
सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु समेत फोहोर भेटिएको, बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल नभएका र म्याद सकिएका भेटिएकोले सिल गरिएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए ।
उनले भने उपभोक्ताहरुको स्वास्थ्य नै जोखिममा पार्ने गरी अखाद्य वस्तु एवं गुणस्तरहिन खाद्य पदार्थ खुवाउनेलाई प्रचलित कानूनमा व्यवस्था भए अनुसारको
कसूरमा कारवाही समेत गर्नु पर्ने वताए।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कुहिएको मासु, #नयाँ बजार मल्टि भेन्यू
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्