आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन हुन्छ : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभएको छ ।
ताप्लेजुङवासीको बृहत् भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “आर्थिक समृद्धिका लागि बाधक बनिरहेका पुराना नीति बदल्न चाहन्छौँ । सरकारले पुराना नियम तथा ऐन बदल्न चाहेको छ र बदल्ने काम पनि शुरु भइसकेको छ पुराना संरचना समयअनुसार बदल्ने छौँ । यो हाम्रो सङ्कल्प हो ।”
उहाँले ताप्लेजुङको विकासका लागि ताप्लेजुङ विकास कोष स्थापना गर्न स्थानीय जनतालाई आग्रह गर्दै उक्त कोषमा सरकारले सहयोग गर्ने बताउनुभयो । सरकारले कृषि, पर्यटन, जलस्रोतको विकासमा ध्यान दिएको बताउँदै रक्षामन्त्री पोखरेलले दुई तिहाइ जनमत प्राप्त वर्तमान सरकारले घोषणाअनुसारका काम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरीब तथा कमजोरको मानसिकताबाट मुक्त भएपछि मात्र देशलाई आर्थिक समृिद्धको बाटोमा अग्रसर हुन सहज हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले देशमा बेथिति र बजारमा अराजकता बढेको तथा व्यापारीले उपभोक्तालाई ठग्ने गरेकाले उनीहरूलाई कानूनको दायरामा ल्याउनु चुनौतीपूर्ण भएको बताउनुभयो । सांसद योगेश भट्टराईले देशको विकासका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अलँैची उत्पादनमा उर्वर ताप्लेजुङको भूमि भरपूर उपयोग हुनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रक्षामन्त्री ईश्वर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्