काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला ,दुई पक्राउ एक जना फरार

पुकार तिमलसिना
काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो ।बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहेपनि, भित्र भने बजारमा चलेका प्रायः सबै ब्राण्डका गुट्खा उत्पादन हुने गरेको पाइएको हो ।
दुई जना सञ्चालकलाई पक्राउ गरेको छ भने फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरेको छ ।
भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो । फ्याक्ट्रीबाट अन्दाजी ३० लाख मूल्य बराबरको बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ,बनाउने मेसिन लगायतका सामान बरामद भएको छ ।
प्रहरीले फ्याक्ट्री सञ्चालक दुई जनालाई कालिमाटीबाट पक्राउ पनि गरेको छ । अर्का एक जना भने फरार रहेको प्रहरी बृत बालाजुका डिएसपी चिरन्जीवी कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अवैध गुटखा फ्याक्ट्री
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्