Techie IT
बुधबार, वैशाख २९,२०७८

ग्रामसेवा माबिको नयाँ भवन पूर्व प्रधानमन्त्रि र रामबावु तिमलसिनाद्वारा संयुत रुपमा उद्घाटन


धर्मस्थली काठमाडौ । २०१९ सालमा स्थापना भएको ग्राम सेवा मा.बिको नयाँ भवन उद्घाटन भएको छ । नेपाल युथ फाउण्डेशन मार्फन भौतिक संरचना निमार्ण गरिएको सो भुकम्प प्रतिरोधात्मक भवनको उद्घाटन पूर्व प्रधानमन्त्रि एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र ग्राम सेवा माविका ब्यवसथापन समितका अध्यक्ष रामबावु तिमलसिनाले संयुत रुपमा उद्घाटन गरेका छन ।

ग्रामसेवा मा.विको एकाडेमिक ब्लकको नामाकरण गरिएको सो भवनको भैतिक संरचना निमार्णको लागत रु एक करोड तेह« लाख अन्ठाउन्न हजार आँठ सय चौध रुपैया र ९६ सेट बेन्च , ८ पिस हाइट वोर्डमा आठ लाख अठासी हजार चार सय एघार रुपैया गरि कुल एक करोड बाहीस लाख सरचालिस हजार दुई सय पच्चिस रुपैया खर्च भएको नेपाल युथ फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमलाले बताए ।

आठवटा कक्षा कोठा रहेको सो भवन तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहोरा , नि.प्रधानाध्यापक श्याम लाल पाण्डे लगायतका रोहवरमा हस्तान्तरण गरिएको छ ।

नवनिर्मीत भवनको संरचना राष्ट्रिय पुननिमार्ण प्राधिकरण , केन्द्रीय आयोजना इकाइ (शिक्षा) ज्ञानेश्वरबाट अनुमति लिई बोलपत्र पकृयाबाट निर्माणकर्ताको नियुक्ती गरि जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौको नियमित अनुगमनमा निर्माण गरिएको युथ फाउण्डेशन नेपालका अपरेशन म्यानेजर ललित गहतराजले बताए ।

यसैगरी नवँ नीर्मीत भवनका काराण बिध्यार्थीहरुलाई पठनपाठनमा सहज हुने बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबाबु तिमलसिनाको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्रि झलनाथ खनालले देशको सम्रग बिकाशका लागी शिक्षा नै मेरो दण्ड भएको हँुदा यसको बिकाश र बिस्तारका लागि सवै सरोकारवाला निकायहरु प्रतिबद्ध हुनुपर्ने र यसका लागी आफू र आफ्नो पार्टी गम्भीर रहेको बताए ।

के–के भयो ब्यवस्थापन समितका अध्यक्ष राम बाबु तिमिल्सिनाको अगुवाइमा काम ?

ग्राम सेवा मा.बिको ब्यस्थापन समितिको अध्यक्ष भए लगातै स्कुलको समग्र बिकाशका लागी अहोरात्र खटीएको उनी बताउछन । आफू अध्यक्ष भएको सुरुवाती समयमै कडा सघर्षका साथ अर्थ मंत्रालयबाट १४ लाख बजेट निकाश गरि पछि पुन नगरपालिका संगको समन्वयनमा ५०–५० को कार्यक्रम अन्र्तगत रु २८ लाखमा स्कुलको प्याराफिट निमार्ण गरिएको , दुई वटा चौरालाई एउदै बनाइएको उनी बताउछन । प्रबिधि मैत्री बनाउन आफ्ना बिध्यार्थीहरुलाई युथ फाउण्डेशन नेपालको सहकार्यमा आई प्याड मार्फत पढाइएको उनको भनाई छ ।
आफ्नो पहलमा जिल्ला शिक्षा कार्यालको सहयोगमा करिब १८ लाख रुपैया बराबरको पुस्तकालय र बिज्ञान प्रयोग शाला निर्माण गरिनुका साथै सोही कार्यालय मार्फत ६५ लाख रुपैया बजेट निकाशा गरि चार कोठे भवनको निर्माण , १२ लाख रुपैयाको शौचालय निर्माण गरि बिधालयको ब्यवस्थीत भैतीक संरचना र प्रविधिमय बनाउन सफल रहेको उनी बताउछन ।
फलस्वरुप ग्राम सेवा मा.बिले २०७३ सालको एस.एल.सीमा स्थानिय निजि बिधालयलाई समेत चुनैती दिई उतर भेगकै पहिलो स्कुल बन्न सफल भएको थियो ।
स्कुलको समग्र बिकाशका लागी तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र पुर्न निमार्ण प्राधिकरणका कर्मचारी दिलिप श्रेष्ठको ठुलो सहयोग र भुमीका रहेको उनी बताउछन ।

वडाका जनप्रतिनिधिको अनावस्यक हस्तक्षेपका कारण शौक्षीक गुणसतरमा प्रभाव

गा्रम सेवा मा.बि का ब्यवस्थापन समितिका अध्यक्ष राम बाबु तिमिल्सिनाका अनुसार स्थानिय वडा अध्यक्ष मधु कार्की लगायत सो वडाका जनप्रतिनिधिहरुले स्कुलमा अनावश्यक हस्तक्षेपका कारण शैक्षीक गुणस्तरमा प्रभाब परेको बताउछन । बिधालयका प्र.अ नियुक्तिका लागी अनावश्यक हस्तक्षेप गरिनुका साथै बिधालय भवन निर्माणमा समेत अनावश्यक दुख दिएको उनको आरोप छ ।

तस्विर : मोहन अधिकारी  / बिबेक तिमलसिना

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ग्रामसेवा माबि


तपाईको कमेन्ट लेख्नुहोस्