पेटीकोट लगाएर माइतीघरमा महिलाहरुको प्रदर्शन

बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री भणडरी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ । बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीलाई पक्राउ गर्नेमा महिला प्रहरी निकै कम थिए । प्रदर्शनमा रहेका महिलालाई पुरुष प्रहरीले नै धरपकड गरेका थिए ।
देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #महिलाहरुको प्रदर्शन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्