Techie IT
बुधबार, वैशाख २२,२०७८

तारकेश्वर नगरपालिकामा कर बृद्धिको बिरोधमा नागरिक समाज द्धारा ज्ञापन पत्र पेश , माग पुरा नभए चरण बद्ध आन्दोलनको चेतावनी


तारकेश्वर नगरपालिकाद्धारा जारी गरिएको आ.ब  २०७५ / ७६ को कर मूल्यको बिरोधमा तारकेश्वर नागरिक समाजले बिरोध गरेको छ । मालपोत कर,जन्मदर्ता,मृत्युदर्ता,बिवाहदर्ता,नागरिकता सिफारिस लगायतका बिषयहरुमा  चर्को कर खारेज गरि पुरानै दररेट लागू गराउन माग गर्दे आज नगर प्रमुख रामेश्वर बोहोरा  समक्ष २६ बुँदे  ज्ञापन पत्र पेश गरिएको तारकेश्वर नगर बासी एवं समाज सेवी माधव प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बिशेष गरि नगरपालिकाले निम्न आयश्रोत भएका जनताको ढाडै सेक्ने गरि कर बृद्धि गरेकोमा जनस्तरबाट तिब्र आलोचना भइरहेको छ ।

बर्षभरीमा कुनै आम्दानी नहुने पाखो जमिनको कर समेत बढाएको र सो कर तिर्ने बर्षो पिछि जमिन बेच्दै नगरपालिकालाई कर तिर्ने बाध्य बनाएको स्थानियहरुको आक्रोश रहेको छ । यसरी नगरपालिको निर्णयको बिरोध गर्नेका लागि तारकेश्वर बासीहरुले संगठीत नै भई तारकेश्वर नागरीक समाज गठन गरि बिरोध गरेका छन ।

हामिले मेयर सँग लिखितम प्रतिबध्दता माग गरौ तर वहाँबाट हाम्रो माग सुनुवाइ गर्ने र लिखितम प्रतिबध्दता दिने किसिमको कुनै जवाफ भेटियन।हामिले मेयरलाई १५ दिनको समय दिएका छौं,त्सस पस्चात पनि वहाँबाट कुनै जवाफ नआएमा चरण बध्द रुपमा बिरोध कार्यक्रम अघी बढाउने तारकेश्वर नागरिक समाजका अगुवा हरि तिमिल्सिनाले बताए ।

यसैगरि ज्ञापनपत्र बुझाउने क्रममा मेयर बोहराले अपमानित भाषा प्रयोग गरेको र जनसरोकारका विषयलाई लियर सम्बन्धीत स्थानमा पुग्दा समेत कार्यान्वयन हुने अवस्था रहेको किशोर के.सीले बताए ।

यस्तो छ नागरिक समाजले पेश गरेको ज्ञापन पत्र

१)तारकेश्वर नगरपालिका जनसरोकार समुहु, नगरकार्यलय सँग निम्न लिखित वुदांहरुमा सुधारको माग गर्दछ।

२) मालपोत कर,जन्मदर्ता,मृत्युदर्ता,बिवाहदर्ता,नागरिकता सिफारिस आदिमा लिने गरेको चर्को कर खारेज गरि पुरानै दररेट लागू गर।करको दर होइन दायरामा बृद्दि गर।

३) पैतृक सम्पत्ति बिक्री गर्दा लाग्ने पुजिगत लाभकर हटाउनको लागि केन्द्रसम्म पहल गर।

४) मोहियानि हकमा हाल कायम रहेको हदबन्दिमा वास्तविक हदबन्दि लाग्ने वाहेकका मोहिहरुलाई समेत मोहि लगत कट्टा र मोहि नामसारि गर्न बाट रोकिएकोले सो अभिलम्ब खुलाउन पहल गर।

५) सडक किनारामा तत्कालिन मापदण्ड अनुरुप घर बनाई बसेका जनताहरुको तत्कालिन मापदण्ड अनुरुपनै अध्यावदिक निर्माण सम्पन्न गरि दिने काम गर।

६) यस नगरपालिका क्षेत्रमा कायम गरिएको मध्यवर्ति क्षेत्रको सिमालाई घटाएर निकुन्ज क्षेत्रबाट ३०० मिटर सम्म मात्र कायम गर्न जोडदार पहल गरिनुका साथै यसले सर्बसाधारणलाई परेको पिडामा नगरपालिकाले मलम लगाउने कार्य यथाशिध्र गर।

७) यस नगरपालिकाको आफ्नो छुट्टै आम्दानिको लागि यहाँ रहेका मठ मन्दिर तथा पर्यटकिय क्षेत्रको उचित संरक्षण सम्बर्धन गरि अभिलम्ब आवश्यक बजेट परिपुर्ति गरि रोजगारि तथा पर्यटन क्षेत्रमा आमुल सुधार गर।

८) घरजग्गाको मुल्याङ्कन गर्दा यथार्थ मुल्याङ्कन कायम गरि करको दरलाई न्युनतम बिन्दुमा झारि बैज्ञानिक विधि अपनाउन प्रयत्न गर।

९) तारकेश्वर नगरपालिकालाइ ई(नगरपालिका घोषित गर।

१०) तारकेश्वर नगरपालिकाको उचयाष्भि तयार गरि सार्वजनिक गर।

११) नगर रंगशाला निर्माण गरि शिध्र संचालन गर,युवा,बालबालिका तथा बृद्दबृद्दा लक्षित कार्यक्रम संचालन गर।प्रत्येक वडामा बाल कल्याणकारी समिति,बाल संजाल गठन गर।

१२) पैयाटार,चोगाउँ देखि तिनपिप्ले सम्मको वाटोको निर्माण कार्यक्रमको म्एच् तयार भएको र सो कार्य अब स्थानीय निकायबाट निर्माण पुरा गर।

१३) नगरपालिकाको आय व्याय सार्वजनिक गर,लक्षित समुहको कार्यक्रमहरुको सार्वजनिक गर,कर्मचारि नियुक्ति स्वस्च प्रतिसप्रर्धाबाट गर,भुकम्प पिडितलाई आवसको ब्यवस्था गर।

१४)सरकरि जग्गाको संरक्षण गर,भु(उत्खनन् बन्द गर,सम्पुर्ण नगरवासिलाई स्वस्च खानेपानिको ब्यवस्था गर,अब्यवस्थित फोहोर मैलाको ब्यवस्थापन गर,बढि भन्दा बढि मात्रामा सार्वजनिक शैचालयको निर्माण गर,उयकत इम्ँ को प्रभावकारी कार्यान्वयन गर।

१५) नगरपालिका स्तरिय अस्पताल संचालन गर,उच्च प्रविधियुक्त एम्बुलेन्सको ब्यवस्था गर,स्वास्थ्य चौकीहरुमा अनुभवी डाक्टर तथा प्रयोगशालाको ब्यवस्था गरि अत्याआवश्यक अौषधिहरुको ब्यवस्थापन गर।

१५) विकास निर्माण कार्य समय अवधिमा सम्पन्न गर,अब्यवस्थित खोलानाला ब्यवस्थित गर,दुर्गन्धीत पशुपंछि पालन अन्त्य गर,स्मार्ट सिटिको विकास गर,नगरपालिकामा दमकलको ब्यवस्था गर,नगरपालिका कार्यलय तथा वडा कार्यलयहरु निर्माण तथा भैरहेका भवनहरुको स्तर बडाउने कार्य गर,नगरपालिका भर सडक बत्ति तथा धेरै चाप हुने चोकहरुमा सिसि क्यामेराको ब्यवस्थापन गर।

१७) नगरपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक बिध्यालयहरुमा प्रविधिक शिक्षा लागु गरि प्रविक शिक्षाका निम्ति आवश्यक श्रोत साधनको ब्यवस्था गर,सामुदायिक बिध्यालयहरुलाई बिध्यार्थि मैत्री तथा तिनिहरुको गुणस्तर बृद्दि गर।

१८) नगरपालिका भित्रका कृषकलाई उन्नत बिउ बिजन,मलखाद,सिचाईको ब्यवस्था,अनुदानको ब्यवस्था गरि प्रोत्साहन गर,नगरपालिका स्तरिय सर्वसुलभ तरकारी बजार संचालन गर।

१९) सामाजिक सुरक्षा भत्ता अत्यन्त सहज प्रकृयाले बितरण गर।अपाङ,असक्त,बृद्दबृद्दि मैत्रि वातावरणको सिर्जना गरि उनिहरुलाई मासिक भत्ताको ब्यवस्था गर।व्यरोजगार युवा(युवतिलाई आय तथा सिपमुलक तालिमको ब्यवस्था गर।

२०) जनप्रतिनिधिको क्षमता बृद्दि कार्यक्रमहरु संचालन गर,कर्मचारिहरुमा जवाफदेहिता विकास गर,जनप्रतिनिधि तथा कर्मचारीलाई दिईएको अनावश्यक सेवा(सुबिधा खारेज गर,नगरपालिका कार्यलयमा गुनासो सुन्ने अधिकारीको व्यवस्था गर,जनतामुखि प्रशासन र भ्रष्टाचार मुक्त नगरपालिकाको निर्माण गर।

२१) अनियन्त्रित रुपमा फैलिएको चोरी डकैती नियन्त्रण गर,नगरपालिकालाई चिनाउने मुख्य,पर्यटकिय तथा धार्मिक स्थलहरुको मर्मत,जिर्णोउद्दार,प्रवर्ध्दन र संरक्षण गर,ग्रिनसिटिको निर्माण गर।

२२) सरकारी क्षेत्रको प्रवर्ध्दन,क्षमता विकास तथा प्रभावकारिता नियमनका लागि तालिम तथा अनुगमनको ब्यवस्था गर।

२३) सरकारले घोषणा गरेको गाँउगाँउमा मानव अधिकारको नारा अनुरुप नगरपालिकामा मानव अधिकार हेल्प डेस्कको ब्यवस्था गर,लैङ्गिक हिंसा,महिला हिंसा बिरुद्द चेतना मुलक तथा पिछडिएको वर्गको लागि क्षमता बृद्दि कार्यक्रम संचालन गर।

२४) चुनावमा जारि गरेको घोषणा पत्र अनुसार कार्य गरि त्यसको अक्षरशः कार्यान्वयन गर।

२५) नगरपालिका भित्र खुलाईने ठेक्कापट्टाहरु को बारेमा पत्र(पत्रिकामा आवहान गर,नगरपालिका अन्तर्गतका वडाहरुमा टाँस गरि सबैलाई जानकारी गराउने ब्यवस्था गर।

२६) हेल्पिन्ङ हेण्डस् हस्पिटललाई १५ शैयाको नगर स्तरीय अस्पताल बनाउनका निम्ति स्विकृत भएर आयको अनुदानलाई सम्बन्धीत कार्य र सम्बन्धीत क्षेत्रमै प्रयोग गर।

 

 

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तारकेश्वर नागरिक समाज


तपाईको कमेन्ट लेख्नुहोस्