व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायीको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकको आज धुलिखेलमा आयोजित चौथो वार्षिक साधारणसभामा उहाँले व्यवसायीको माग बमोजिम नियम, कानून, विनियम जे बनाउनुपर्ने हो, त्यसका लागि सरकार तयार छ भन्नुभयो ।
मन्त्री बाँस्कोटाले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको आवश्यकता हो भन्दै त्यसका लागि व्यवसाय, प्रविधि, कलालगायत सबै क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर सरकार अगाडि बढेको र यसलाई मूर्तरुप दिन सबै नेपाली अग्रसर हुनुपर्ने बताउँदै उहाँले मुलुकको विकास र समृद्धिका लागि
खानीको सम्भाव्यता अध्ययन, उत्खनन र बजारीकरणमा पनि लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
मन्त्री बाँस्कोटाले हरेक पेशा सम्मानित र पारदर्शी हुनुपर्नेमा जोड दिदैं मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार अग्रसर भएकाले यसमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले विदेशी कालिगढ निर्यात गरी काम गर्नुपर्ने अवस्थालाई निरुत्साहित गरी स्वदेशी कालिगढ उत्पादन र क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गुणस्तर, ज्याला, समिश्रण र जर्दिमा व्यवसायी र उपभोक्त कसैसँग सम्झौता गर्न नसकिने बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दानकाजी शाक्यले जिल्लाको आर्थिक विकासमा संघले महत्वपूर्ण योगदान पु¥याइरहेको चर्चा गर्दै नेपाली सीप र कलाको संरक्षण र विकास जोड दिनुपर्छ भन्नुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सञ्चार तथा सूचना प्रविधिमन्त्री
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्