मध्यपुरथिमिमा बालक अपहरण गरी हत्या: दुई अपहरणकारीको मृत्यु

काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् ।
बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भई हाल टाउन प्लानिङमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।
प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको हो ।
वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केिन्द्रत भएर खोजी गरेको थियो ।
अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका– ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त भएको थियो । सिंहले भन्नुभयो, “सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर ग¥यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।”
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो । अपहरणकारीको शव मुचुल्का गरेर काठमाडाँै लैजाने तयारी भइरहेको छ ।
खड्काले सञ्चालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । साँझ बालकलाई घुम्न जाने बहानामा फकाएर लगिएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरीवृत्त थिमिको प्रहरी टोलीले बताएको छ । साँझ छ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले ८ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुईपटक अपहरणकारीले बालकको आमालाई फोन गरेर रु ४० लाख फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।
प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाएलगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करीब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।
आज बिहान अपहरणकारी थिमि धुञ्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाएलगत्तै प्रहरीका् पाँच टोली त्यसतर्फ गएका थिए ।
मृतकका बाबु गणेश केही वर्षदेखि मलेसियामा कार्यरत छन् भने बालक टाउन प्लानिङस्थित हाइल्याण्ड सेकेण्डरी स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालक अपहरण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्