बालाजु प्रहरी द्धारा बिभिन्न होटलमा छापा , १३४ जना पक्राउ

काठमाडौ । महानगरिय प्रहरी बृत बालाजुको बिशेष स्वीच अपरेशनले आज बिभिन्न अपराधिक कृयाकलापमा संग्लङ्ग १३४ जनालाई प्रकाउ गरि नियन्त्रणमा लिएको छ ।
प्रहरीले आज गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको बिभिन्न होटलमा छापा हान्दा २३ जना महिलाहरु पक्राउ परेका प्रहरी बृत बालाजुले जनाएको छ ।
बिषेश गरि सो स्थानका होटलहरुमा यौन जन्य गतिबिधिहरुको बृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डि.एस.पि चिरिञ्जीवी कोइरालाले जानकारी दिए ।
उत होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै आन्तरीक सुरागीका आधारमा केही जोडीहरु भाग्न सफल समेत भएका छन ।
प्रहरीले आज अनमोल रिसोट , निगालो होटल लगायतका ठाउँहरुमा छापा मारेको हो ।
बिभिन्न स्थाहरुबाट जुवाडे पक्राउ
प्रहरी बृत बालाजुको आजैको स्वीच अपरेशनबाट लाखौ लाख रुपैया बराबरको बाजी राखी तास खेल्ने जुवाडेहरु समेत पत्राउ गरिएको डि.एस.पि कोइरालाले बताए ।
तास संगै प्रहरीले बनस्थली , माछापोखरी , गंगा हल श्रेत्रबाट क्यारेमबोड , पोट , स्नुकरमा ठुलो रकम बाजी खेलीरहेकाहरुलाई समेत नियन्त्रणमा लिइ करिब १३४ जनालाई कारवाई प्रक्रीया अगाडी बढाएको बालाजु प्रहरी बृतले बताएको छ ।
आफु केही साता मात्र सरुवा भएर आएको र सो श्रेत्रमा अपराध नियन्त्रण गरि नागरीकको सुरक्षाका लागी कुनै पनि सम्झैता नगर्ने बृतका प्रमुख डिएसपी कोइरालाको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु प्रहरी, #होटलमा छापा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्