सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ ।
‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताउनुभयो ।
“राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसक्ने हो भने क्रान्तिका उपलब्धि उल्टिन बेर नलाग्ने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नुपर्छ भन्नुभयो ।
“लेनिनले भनेजस्तो क्रान्ति भन्दा १० गुना प्रतिक्रान्ति आउँछ,” उहाँले भन्नुभयो, “सबैको अधिकार कटौती गरेर राज गर्न नहुने र कर्मचारी भित्रको एकतालाई अझ मजबुद गर्न जरुरी छ ।
अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले ट्रेड युनियनको अधिकार कटौती ग¥यो भने किन कटौती गरेको भन्ने प्रश्न आउन सक्छ, “त्यसैले हामी सत्तामा भइहाल्याँै किन अधिकार चाहियो भनेर भएको अधिकार कटौती गर्दैनौँ ।”
दुई तिहाइको सरकार भएकाले जनताले अनुभव गर्न खालको काम गर्न ट्रेड युनियन अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले कर्मचारीतन्त्रले स्वच्छ र पारदर्शी प्रशासन देखाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले राज्यले खटाएको जुनसुकै ठाउँमा कर्मचारी जानुपर्ने बताउँदै अहिले एउटा संक्रमणकालको अन्त्य गरिसके पनि संक्रमणकालबाट भने मुक्त हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।
निरंकुशतन्त्रको एउटा लडाइँ जितिसकिएको उल्लेख गर्दै उहाँले अब समृद्धिको लडाइँ बाँकी रहेको बताउनुभयो ।
“मुलुकमा परिवर्तन भए पनि समृद्धि हुन बाँकी रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “परिवर्तनलाई संस्थागत र संरचनालाई व्यवस्थित गर्न अझ पाँच वर्ष लाग्नेछ ।”
उहाँले मुलुक लोकतन्त्र ल्याउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै कर्मचारीको नभई राजनीतिक नेतृत्वको कारण कमीकमजोरी भएको बताउनुभयो ।
जनयुद्ध शुरु भएको पाँच वर्षपछि नै नेकपा ९एमाल०े र तत्कालीन नेकपा ९माओवादी० एकअर्काका परिपूरक भएर आन्दोलनमा गएको उल्लेख गर्दै उहाँले दुवै दलका नेताको छलफलले एकअर्कालाई परिपूरकका रुपमा अगाडि बढाएको छ भन्नुभयो ।
अध्यक्ष दाहालले त्यही परिपूरकअनुसार नै १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन, संविधान सभाको निर्वाचन हँुदै संविधान घोषणा र अहिलेको निर्वाचन भएको पनि बताउनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ट्रेड युनियनको अधिकार कटौती भइनसकेको भन्दै यस सम्बन्धमा छलफल गर्न सकिने बताउनुभयो ।
कर्मचारीको अधिकारबारे हावाहुरीको जस्तै पछाडि लागेर समयको बर्बाद गर्नु आवश्यक नभएको उल्लेख गर्दै उहाँले ट्रेड युनियनको मान्यताअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री पण्डितले राष्ट्रले खटाएको ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिदैं “देश गरीब भएकाले अहिले सेवासुविधा पनि गरीब छ, देश समृद्धिमा गएपछि सेवासुविधा पनि समृद्धितिर जान्छ भन्नुभयो ।”
संगठनका अध्यक्ष केदार देवकोटाले अहिलेको सरकार स्थायी भएकाले सरकारका गतिविधिलाई सफल बनाउने बताउनुभयो ।
कार्यक्रममा सप्ताह रुपमा मनाइएको स्मृति दिवसका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकारविरद्ध घेराबन्दी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्