Techie IT
शुक्रबार, मंसीर १५,२०८०

बलत्कार पछि हत्या गरिएको पन्तको हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र


कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले आज सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति हत्या भएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले हत्यामा संलग्नलाई पक्राउ गरिसकेको र संसद्मा पनि बहस चलिसकेकाले कारबाही गर्ने बताउनुभएको महासचिव लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री थापाले महिलाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउँदै महिलामैत्री कानून बनाउनेसमेत आश्वासन दिनुभयो ।

कानून फितलो भएकाले यसको फाइदा अपराधीले लिइरहेको र महिलाकोे सुरक्षित बाँच्न पाउने अधिकारसमेत गुमिरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #निर्मला पन्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:08 pm +0545