नख्खु कारागारका कैदीमाथि विष प्रयोग गरी हत्या

नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारीअनुसार बर्दिया सावक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले बनस्पतिजन्य पदार्थको विष तयार गरी खाना समेतमा प्रयोग गरी हत्या गरी योजनाबद्ध ढंगले जेल प्रशासनलाई फसाउने लक्ष्य राखेको खुलासा भएको जनाएको हो ।
सिंहलगायतले उक्त घटना घटाएर आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो वर्चश्व स्थापित गर्नाका साथै चौकिदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको छ ।
सिंहले हत्याको योजना तथा विष तयार र त्यसको प्रयोगमा मनोजकुमार चौरसिया समेतको सहयोग लिएको त्यसैगरी विष बनाउन आवश्यक पर्ने वनस्पतिजन्य पदार्थ ध्रुवकृष्ण शर्माले जेलभित्र पु¥याउने कार्य गरेको प्रहरीले जनाएको छ । अभियुक्त सिंहले विगतमा पनि सुर्खेत, भक्तपुर, रुपन्ेदही र जनकपुरमा समेत ज्यान मार्ने उद्योगमा समेत विषादीको प्रयोग गरी घटना घटाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सो घटनाको मुख्य योजनाकार बाँके नेपालगन्ज उपमहानगरपालिका–४ का सिंह, सहयोगी सप्तरीका मनोजकुमार चौरसिया र अर्का सहयोगी दोलखाका ध्रुवकृष्ण शर्मालाई कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नख्खु कारागार, #विष
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्