कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोडमा पदाधिकारीको योजना रहेको भन्दै राजिनामा माग

सुर्खेत, ७ साउन ।
कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोडभएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ ।
समाजका अध्यक्ष रामकान्त उपाध्यायले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको आरोप लगाउनुभयो ।
उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई डा गोविन्द केसीलाई भेट्न जान नदिने सुनियोजित योजना बनाएको पनि उहाँले बताउनु भयो ।
उपाध्ययले भन्नुभयो, उहाँहरु त्यहाँ पुग्ने बित्तिकै प्रवेश रोक लगाई वातावरणलाई उत्तेजित बनाएर झडप र तोडफोडको स्थिति सिर्जना गरिएको हो ।
उहाँले योजना बनाउने पदाधिकारीसहित घटनामा संलग्न अन्य दोषीमाथि अविलम्ब छानबिन गर्न र प्रतिष्ठानको क्षतिपूर्ति हुनुपर्ने माग राख्नुभयो ।
नागरिक समाजले डा केसीको जीवन रक्षाका लागि काठमाडौँ लैजान आग्रह गरेको अवस्थामा पनि डा केसीलाई काठमाडौँ नपठाएर झडपको स्थिति सिर्जना गरिएको दाबी समाजले गरेको छ ।
यता नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका अध्यक्ष डा मंगल रावलले पनि प्रतिष्ठानमा घटना घट्नुमा पदाधिकारी नै प्रमुख जिम्मेवार रहेको ठोकुवा गर्नुभयो ।
अध्यक्ष डा रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भनेको समयमै एमबीबिएस पढाइ नहुनुमा पनि पदाधिकारीकै प्रमुख दोष रहेको औँल्याउनुभयो ।
प्रतिष्ठान, कर्मचारी हकहित जुम्लाका महासचिव राजबहादुर खत्रीले त्यहाँ अध्ययनरत विद्यार्थी आफैँ तोडफोडमा नलागेको बताउनुभयो ।
महासचिव खत्रीले भवनको संरचना तोडफोड एवं विद्यार्थी कुटिनुमा पदाधिकारी, केही कर्मचारी दोषी र अस्पताल हाताभित्रै अन्धाधुन्ध लाँठीचार्ज गर्नु प्रशासनको कमजोरी रहेको औँल्याउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्