विपद् व्यवस्थापनमा समन्वय बढाउन गृहको आग्रह

गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।
बैठकले विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न÷गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा गएराति परेको अविरल वर्षाका कारण काठमाडाँै उपत्यकाका तीनसहित विभिन्न जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि रु १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गृह मन्त्रालय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्