Techie IT
सोमबार, चैत्र ३०,२०७७

विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु


काठमाडौं । रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ । यसले चीनको सोसल मिडियामा निराशा छाएको छ ।

बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ । बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो । यसैले त्यो बिरालो चीनमा लोकप्रिय बनेको थियो ।

अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो । विश्वकपमा भविष्यवाणी गर्दै आएको उक्त बिरालोको निकै चर्चा भएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चीनियाँ बिरालो, #विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्