Techie IT
बिहीबार, असोज १५,२०७७

संखुवासभामा थप ६ जना थुनुवामा कोरोना पोजेटिभ


खाँदबारी । संखुवासभामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु सबै जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका थुनुवाहरु रहेको स्वास्थ कार्यालय संखुवसाभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो ।

यसअघि संखुवासभामा २६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये  ९ जना उपचार पछि घर फर्किसकेका छन् भने १७ जनाको सदरमुकाम खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा उपचार भईरहेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!