Techie IT
बिहीबार, कात्तिक ४,२०७८

थप एकको मृत्यु, ३१४ मा संक्रमण


काठमाडौँ, २६ जेठ ः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । आज एक जनाको थप निधन भएको छ ।
स्यांजा वालिग नगरपालिका वडा नंं. ३ घर भएका ५८ बर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आज नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  उहाँको मृत्यु भएसंगै अहिलेसम्म १४ जना कोभिड १९ को कारणले मृत्यु भएका छन ।

यस्ते दैनिक तीन डिजिटमा संक्रमित पनि देखा पर्न थालेका छन । विगत १५ दिनदेखि तीन अंकमा लगतार सक्रमित भेटिन थालेका हुन । एकातिर संक्रमित भेटिने अर्कोतिर लकडाउन खुल्ने हल्लाले मानिसहरु त्रसित भएका छन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमलेले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा संक्रमण देखिएको छ । तिमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन ।
आज देखिएका संक्रमितसंगै जम्मा संक्रमितको संख्या तीन हजार ७६२ जना रहेको छ । जसमध्ये पुरुष तीन हजार ५०६ र महिला २५६ रहेका छन ।

यसैगरी आज २१ जना कोभिड १९ संक्रमणबाट निको भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो ।
उनीहरुमध्ये वाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड १९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन ।

क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सवै बाँके नरैनापुरका १३ बर्षदेखि ५२ बर्षका पुरुष १५ औ दिनदेखि २० औ दिनमा भएका छन । यस्तै युनिफाइड अस्पतलाबाट एक जना २३ बर्षकी महिला ५ औ दिनमा डिस्चार्ज भएकी हुन ।

यसरी आज डिस्चार्ज हुनेसंगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन ।  यस्तै आजदेखि राजविराजमा रहेको गजेन्द्रनारायाण सिंह प्रतिष्ठानमा पनि कोभिड १९ को पिसिआर विधिबाट गर्न थालिएको छ । योसंग २१ ठाउँबाट परीक्षण हुन थालेको हो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #कोभिड १९


तपाईको कमेन्ट लेख्नुहोस्