अखिल नेपाल किसान महासंघ बागमति प्रदेश अधिवेशन : एक राज उप्रेतीको अध्यक्षतामा ५१ सदस्य कमिटि गठन

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बागमति प्रदेशको प्रथम एतिहासिक अधिवेसन सम्पन्न भएको छ ।काठमाडौं गोगंबुमा भब्य कार्यक्रमको उद्घाटन नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको थियो । सो भेलालाई उद्घाटन गर्दै पुर्व उपप्रधान एवं रक्षामन्त्रि समेत रहनु भएका पोखरेलले किसानको बिकास र समृद्धिले मात्र देश बिकास सम्भव हुने बताउनु भएको छ । उहाँले भूमिहिन किसानको समस्या समाधान गरि कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यबस्थित गर्नुपर्ने आजको आबश्यकता रहेको बताउनुभयो ।
सोही अवसरमा कार्यक्रमका बिशेष अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले किसानलाई स्मार्ट कार्ड वितरण गर्न आग्रह गर्नुभएको छ । उहाँले किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मुल्य सरकारले तोक्नुपर्ने धारणा समेत राख्नुभयो ।
बागमति प्रदेशका बिभिन्न जिल्लाबाट करिव पाँचसय जनाको प्रतिनिधित्वमा अधिवेशन सत्र समेत सम्पन्न भएको छ ।
जसमा निम्न अनुसारको पदाधिकारी सहित ५१ सदस्य कमिटि सर्बसम्मत रुपमा चयन गरिएको छ ।
अध्यक्ष : एक राज उप्रेती
उपाध्यक्ष : प्रतिमा पाण्डे
उपाध्यक्ष : बासु भट्ट
सचीव : शंकर कार्की
कोषाध्याक्ष : बिकाश रिमाल
उप सचीव : राजकुमार बोलखे
उप सचीव : रेखा आचार्य
कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने छ । भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठानगरि अगाडी बढाउने बताइएको छ ।
हेर्नुहोस कार्यक्रमको पूर्ण भिडियो :
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #अखिल नेपाल किसान महासंघ बागमति प्रदेश अधिवेशन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्