रासायनीक मलको अनुदान कटौतिले कृषिक्षेत्रको अवमूल्यन भयो : अध्यक्ष, दंगाल

काठमाडौ । अखिल नेपाल किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालले किसानलाई थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतिको निर्णयले कृषि क्षेत्रलाई नै निरुत्साहित गरेको दुखेसो गरेका छन् ।
अखिल नेपाल किसान महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दंगालले अनुदान कटौतिको निर्णयले किसान र कृषिलाई निरुत्साहित गरेको भन्दै यसले खाद्य सुरक्षामा समेत गम्भिर जोखिम बढेको बताए ।
उनले सरकारको यो निर्णयले कृषीक्षेत्रको नै अवमूल्यन भएको महसुस आफुहरुले गरेको बताए।
उनले भने ‘ यो निर्णयले मुलुकमा उत्पादन घट्न गई खाध्य सुरक्षामा आँच आउने जोखिम बढेको छ । ’
रासायनिक मलको प्रयोगलाई निरुत्साहीतगर्दै प्राङ्गगारिक मलको मात्रा बढाउन किसानलाई प्रोत्साहीत गर्नुपर्ने उनको भनाई छ ।
उनले भने “नेपाल सरकारले अभिलम्ब मल कारखाना खोलेर त्यसको प्रकृया अगाडी बढाउनु पर्छ भन्ने हाम्रो दृष्टिकोण हो । क्रमश रासायनिक मललाई घटाउँदै जाने प्राङ्गारिक मलको मात्रा बढाउदै जाने । यसका लागि किसानलाई प्रोत्साहित गर्नुपर्छ ।प्राङ्गारिक मलमा अनुदान दिनुपर्छ गोठमा पुगेर अनुदान दिने गोठ सुधारका कार्यक्रम गर्नु पर्छ ।”
उनले राज्यले मलको गुणस्तर, आपुर्ति र व्यवस्थापन यी सबै कुरालाई ख्याल गर्नुपर्ने बताए। अध्यक्ष डङ्गोलले भने मल स्थापनाको लागि डेड खर्ब बजेटले पुग्ने हुनाले सरकारले यसतर्फ चासो दिए मुलुकमै मल कारखाना स्थापना हुने उनको विश्वास छ ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #प्रेम दंगाल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्