सामाजिक अभियानमा मुस्ताङका युवाहरु सक्रिय

मुस्ताङ । नयाँ बर्ष २०७६ को अवसरमा मुस्ताङका युवाहरुले सामाजिक अभियानका रुपमा प्रशिद्ध धार्मिक धाम मुक्तीनाथको वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । उक्त सरसफाई कार्यक्रममा पचाँस भन्दा बढि युवाहरुको उपस्थीति रहेको थियो । विगतका केहि समय देखि मुक्तीनाथ क्षेत्र वरिपरि फोहोर देखिन थालेपछि मुस्ताङ जिल्ला ने.वि.संघ र तरुण दलका युवाहरुले सामुहिक रुपमा सरसफाईको कार्यक्रम आयोजना गरेका हुन् ।
उक्त सरसफाईका क्रममा तिन देखि चार घण्टाको समयमा करिव एक मिनि ट्रक फोहोरो संकलन भएको नविन सेरचन, तरुण दण मुस्ताङका कोषाध्यक्ष नविन शेरचनले बताए । मुस्ताङका विभिन्न क्षेत्रमा पर्यटक र मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरुलेको बाक्लो उपस्थीतिले दिनप्रति दिन फोहोर बढेकाले अब नियमित रुपमा यस्ता सामाजिक अभियानका कार्यक्रम अन्य पर्यटकिय र धार्मिक क्षेत्रमा पनि गरिदै जाने शेरचनले बताए ।
फोहोर संकलन सरसफाई कार्यक्रमको अगुवाई युवा नेता तथा समाजसेवी अविनाश गौचन थकालीले गरेका थिए । यहाँ लगायत मुस्ताङका अन्य पर्यटकिय क्षेत्रमा पनि यस्तै रचनात्मक कामहरु गर्दै समाजलाई सचेत बनाउने उनले बताए । सरसफाईका लागि आवश्यक पुर्वाधार र जनशक्ती कम भएकाले र पर्यटक र दर्शनार्थीहरुलेको बाक्लो उपस्थीतिले दिनप्रति दिन फोहोर बढेको र आफुहरुले पनि असहज महशुस गरेको मन्दिरका पुजारीले बताए ।
यसरी युवाहरु एकजुट भएर नयाँ बर्ष सिर्जना र सामाजिक अभियानका रुपमा उदाहरणिय काम गरेको देख्दा त्यस क्षेत्रमा आएका पर्यटक र दर्शनार्थीहरुले खुशि हुदै धन्यवाद समेत व्यक्त गरेर यस्तै सत्कर्मको निरन्तरताका लागि शुभकामना दिएका थिए । मन्दिर नियमित सरसफाई गर्नका लागि २ जना कर्मचारीको नियुत्ती गरिए पनि उनिहरुले मात्र सबैक्षेत्रमा सरसफाई गर्न नसक्दा फोहोर भएको हो । अब छिटै केहि अन्य कर्मचारीको पनि नियुक्ती गर्ने र यसरी नै सामाजीक परिचालन पनि गर्ने सोच रहेको मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, गंगा बहादुर क्षेत्रीले बताए ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #मुस्ताङका युवा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्