अब नेपालमै कृषिसम्बन्धी डिम्ड विश्व विद्यालय ,दिल्लीमा कृषिसम्बन्धी सात बुँदे सहमति

नेपालमा अन्तर्राष्ट्रियस्तरको कृषि विश्व विद्यालय स्थापना गर्ने विषयमा भारतले सहमति जनाएको छ।नेपालको कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत डिम्ड विश्वविद्यालय स्थापना गर्ने विषयमा भारतीय कृषि मन्त्री सिंहले सहमति जनाएका हुन्। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीका अनुसार नेपालमा अन्तर्राष्ट्रियस्तरको कृषि विद्यालय स्थापना गर्ने पछिल्लो १५ वर्षदेखि तयारी भए पनि राज्यले प्राथमिकतामा नराख्दा स्थापना हुन सकेको थिएन।
नेपालको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र भारतीय कृषि मन्त्री राधामोहन सिंहबीच बुधबार नयाँ दिल्लीमा कृषिसम्बन्धी सात बुँदे सहमति भएको छ।
सहमतिअनुसार आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्यमार्फत सरकारले सार्वजनिक गरेको ५१ वटा कृषि विज्ञान केन्द्र स्थापनाका लागि पनि भारत सरकारले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। सरकारले आगामी आव कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण जानकारी एक द्वारमार्फत किसानलाई उपलब्ध गराउन कृषि ज्ञान विज्ञान केन्द्र स्थापना गर्ने तयारी गरेको छ।
कृषिजन्य वस्तुको सहज निकासी र गुणस्तर परीक्षणका लागि भारतको भिट्टामोड र गौरीफन्टामा परीक्षण प्रयोगशाला स्थापना गरी क्वारेन्टाइन सुविधा उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #कृषिसम्बन्धी डिम्ड विश्व विद्यालय
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्