Techie IT
मंगलबार, असोज १३,२०७७

साझापाना अप्रेसन : नेवारपानीमा सइ यादवको अवैध अशुली धन्दा

मकवानपुर । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको संख्यामा उल्लेखनीय बृद्वि भइरहदा मकवानपुरमा एक प्रहरी चौकीका इन्चार्जलाई भने कमाउने धुन्ध नै लागेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरका (सई) राजेश यादव पछिल्लो समय अशुली धन्दामा सक्रिय रहेको भन्दै आवश्यक छानबिन गरेर कार्वाही गर्न बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयसम्म नै उजुरी परेपछि उनको अशुुुुली धन्दाको सतह बाहिर आएको हो ।

प्रदेश प्रहरी कार्यालयका एक प्रहरीका अनुसार उनीबिरुद्व शनिबार दिउँसो इमेल मार्फत उजुरी परेको बताइएको छ । यता, प्रहरी प्रधान कार्यालयले समेत उनी बिरुद्व उजुरी परेको पुष्टि गरेको छ । हिजो (शनिबार) उजुरी आएको रहिछ । ती प्रहरीले भने, शनिबार विदा रहेकोले आज मात्रै हेरेका छौं, हाम्रो उजुरी छानबिन शाखाको एसएसपी साबलाइ हामीले पेश गरेका छौं, उनले भने – सम्भवत: भोलीसम्ममा हामी निज प्रहरी कर्मचारीलाई अनुसन्धान गरेर कार्वाही गर्न पत्र पठाउन्छौं ।

को हुन सई यादव ?
सई राजेश यादव नेपाल प्रहरीका बिवादास्पद छवि भएका प्रहरी अधिकृत हुन् । पटक पटक संगठनको बिभागीय कार्वाही भोग्दै आएका यादव एकपटक अशुलीकाण्ड लागेर नै निलम्बित समेत हुनुपरेको थियो ।

तत्कालीन समयमा सिराहाकाे माडरमा हुँदा समेेेत असुली काण्डमा परेर बिभागीय कारवाही समेत भोग्नुपरेको थियो भने, अञ्चल प्रहरी कार्यालय नारायणी हालको (संघीय प्रहरी इकाइ कार्यालय) को घुमुवा हुँदा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा तथा हालको (बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा) का डिआइजी तथा हालका अवकाश प्राप्त (एआइजी) पशुपति उपाध्यायले तस्करीलाई बढावा दिई अशुली धन्दामा सक्रिय रहेको पाइएपछि उनलाई निलम्बन नै गरिएको थियो । त्यसपछि जागिर जोडेका उनी गोर्खा लखटिएका थिए । नियमित सरुवाको क्रम्मा दरबन्दी बनाएर जिल्ला प्रहरी कार्यालय मकवानपुरका आएका उनी यहाँ समेत बदनाम भएका छन् ।

मकवानपुरका तत्कालीन प्रहरी प्रमुख एसपी तथा हालका (एसएसपी) मुकेश कुमार सिंहले सई यादवलाई पदमपोखरी पठाएका थिए । त्यहाँ करिब ४ महिना बसेका यादव सिंहकै कार्यकालमा नेेेवारपानी गएका थिए । नेवारपानीका सई मधुसुदन बिष्टलाई पदमपोखरी पठाएर उनी त्यहाँ गएका हुन् ।यद्यपी, सई बिष्ट हाल बागमती प्रदेश प्रहरी कार्यालयको सादा पोशाकमा कार्यारर्त छन् । उनलाई हालका प्रदेश प्रहरी प्रमुख वसन्त कुमार लामाले घुमुवाको जिम्मेवारी दिएका हुन् ।

झन्डै एक बर्षदेखि नेवारपानी चाैकीमा कार्यारर्त रहिरहन सफल सई यादवलाई भाग्यमानी प्रहरी अधिकृतका रुपमा समेत विभागमा चिनिने गरेको छ । नेवारपानीका बदनाम समेत भएका सई यादवले यो बितेको एक बर्षको दौरानमा मात्रै झण्डै पचास लाख रुपैयाँ कमाएको आराेप प्रहरीभित्रै लाग्न थालेको छ । दरबन्दी नै जिल्ला प्रहरी कार्यालय मकवानपुर रहेका बिवादास्पद सई यादवकै संरक्षणमा अहिले साे क्षेत्रमा लाेकल रक्सीको समेत ठूलो मात्रामा उत्पादन र खुलेआम रुपमा बिक्री बितरण हुँदै आएकाे छ ।

यसबाहेक यस क्षेत्रबाट लकडी, गांँजाकाे समेत ठूलो काराेवार यस क्षेत्रबाट हुँदै आएको छ । यहाँ प्रहरीकै सेटिङमा गांँजा ओसारपसार हुँदै आएकोले पनि अधिकांश गाँजा यतिबेला बारा र पर्साबाट प्रहरीले पक्राउ गरिरहेको छ । जहाँ जान्छ, असुलीमा अचाक्ली बदनामी कमाएका उनले बिरगंजकाे राधेमाईमा आलिशान महल समेत बनाउन सफल भइसकेका छन् भने,जिल्लामा धेरै याेग्य र सक्ष्म प्रहरी अधिकारीहरू भएको भएपनि उनीहरुलाई नपठाई यिनै बिवादित र बदनाम सई यादवलाई हालका प्रहरी प्रमुख (एसपी) सुशील सिंह राठौरले समेत यथावत दिइरहेका छन् ।

 

error: कपि गर्न सख्त मनाही छ !!